November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

दक्षिण एसियाकै सर्वाधिक गोलकर्ता बनिन् साम्बा

२०८० फाल्गुन १६

2.1K

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’दक्षिण एसियामा महिलातर्फ सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छन्।

साउदी अरबमा जारी वाफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालका लागि ५० गोल गर्दै कीर्तिमान कायम गरेकी साम्बाले फेरि अर्को कीर्तिमान आफ्नो नाममा गरेकी हुन् ।

वाफ च्याम्पियनसिप अन्तर्गत लेबनानविरुद्ध गोल गरेकी साम्बाले महिलातर्फ दक्षिण एसियाकै सार्वधिक गोलकर्ताको अग्रस्थानमा आफूलाई उभ्याएकी छिन्।

Advertisement

गएराति वाफ महिला च्याम्पियनसिप अन्तर्गत भएको लेबनानविरुद्धको सेमिफाइनल खेलमा गोल गरेसँगै सावित्राले रेकर्ड बनाएकी हुन् । सावित्रीले ४६ खेलबाट ५३ गोल गर्दै बालादेवीको रेकर्ड तोडेको हुन् ।

भारतीय बाला देवीले ६४ खेलमा ५२ गोल गरेकी थिइन्