April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रवासी नेपाली एकता मञ्च युएईले आज बनभोज कार्यक्रम सम्पन्न

२०८० फाल्गुन १४

2.4K

युएई । नेकपा एकिकृत समाजवादी पार्टीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च युएईले आज बनभोज कार्यक्रम गरेको छ । युएई स्थित लभ लेक पार्कमा आयोजित बनभोज कार्यक्रममा प्रवासमा कठिन समय व्यवस्थापन बाबजुद पनि युएईमा रहेका नेपालीहरुको भव्य सहभागीतामा बनभोज कार्यक्रममा भव्य रुपमा सम्पन्न गरेको हो ।

विभिन्न परिकारका नेपाली खानाको स्वाद, नृत्य, भलाकुसारी, हाँसो–ठट्टा र उमंग सहित विभिन्न अतिरिक्त कार्यक्रममा उपस्थिति भएकाहरु रमाएका थिए ।

मञ्चले सद्भाव, भातृत्व र एकताको सन्देश बाँड्ने उद्धेश्यसहित बन भोज कार्यक्रमको आयोजना गरिएको मञ्चका अध्यक्ष एवं कार्यक्रम संयोजक विपिन सापकोटाले बताए । यस्ता कार्यक्रमहरूले नेपालीहरुमा एक अर्का बीच परिचय हुने, सुखदुःख साटासाट हुने तथा एक्लोपना र निराशा पनि कम हुने हुँदा मञ्चले समयसमयमा यस्ता विभिन्न खालका कार्यक्रम आयोजना गर्दै आएको उनले बताए ।

Advertisement

बनभोज कार्यक्रममा युएईका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा मञ्चमा आवद्ध सदस्यहरुको भव्य उपस्थिति रहेको थियो ।