April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

विराटनगर जुट मिल्समा आगलागी

1.5K

विराटनगर । नेपालको पहिलो उद्योग विराटनगर जुट मिल्समा आगलागी भएको छ । विराटनगर महानगरपालिका–१६ मा बन्द अवस्थामा रहेको जुट मिल्समा मंगलबार राति आगलागी भएको हो ।

प्रहरीका अनुसार आगलागीबाट २० लाख बराबरको क्षति भएको छ । बन्द उद्योगमा कसरी आगलागी भयो भन्ने खुलिनसकेको कसैले आगो लगाएको जस्तो देखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र विराटनगर महानगरपालिकाका दमकलको सहयोगमा बुधबार राति १ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो ।

Advertisement

विक्रम संवत् १९९३ सालमा स्थापना भएको विराटनगर जुट मिल नेपालको पहिलो उद्योग हो । विराटनगर जुट मिल्स २०७८ साल माघदेखि बन्द छ ।