April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

प्रजातन्त्र होइन संघीय लोकतान्त्रिक गणतन्त्र हाम्रो राज्य व्यवस्था हो: बेनु प्रकाश कार्की

3.3K

लोकमान्यता यथार्थतामा भन्दा बढी लहडी जनसमर्थनबाट निर्माण भएको हुन्छ । हामी जति कुराहरु गरिरहेका छौं ; प्राय सबैजसो नबुझी लहै–लहैमा नै गरिरहेका हुन्छौं । जब त्यसको वास्तविकता छर्लङ्ग बाहिर आउँछ, तब त्यो मित्थ्या सावित हुन्छ ।

आज फागुन ७ गते तत्कालिन २००७ साल फागुन ७ गते त्रिभुवनले दिल्लीमा नेहरु, मोहन शमसेर र आफूसँग ३ जनाको बीचमा भएको सहमती अनुसार नेपालमा राज्यसत्ताको महत्वपूर्ण अधिकार तत्कालिन राणा प्रधानमन्त्रीहरुमा केन्द्रित रहेको अवस्थाबाट त्यो अधिकारको पजनी राजाले ग्रहण गर्ने र शासन सत्ता निर्वाचित जनप्रतिनिधिहरुले बनाएको विधानअनुसार गर्ने गरी भएको सहमतीको घोषणा अनुसार त्यस सहमती अनुसार नै बहालवाला प्रधानमन्त्री मोहन शमसेर नै प्रधानमन्त्री कायम राखेर केवल राजालाई शासनसत्ताको केन्द्रमा राखिएको र पजनी अधिकार राजालाई दिइएको दिन हो ।

त्यसबेला राणा शासनले राजा अधिकारवीहिन भएको र राणाहरुको पारिवारिक शासनले जनता र राजालाई अधिकारवीहिन बनाएको बिषयमा त्रिभुवन र उनीसँग नजिक गैरराणाहरुको राणा बिरोधी बिद्रोहमा त्यसबेला राजनीतिक जागरणकर्मीहरुले पनि सहयोग गरी बिद्रोहलाई जनस्तरसम्म पुर्‍याइएको थियो । आजको दिन बिद्रोहलाई दिल्लीको मेलमिलापले सम्बोधन गर्दा घुमाउरो पाराले राजनीतिक अधिकारको राणाबाट राजामा केन्द्रित गर्ने र राजाको कमजोर अवस्था र चेतनाबाट लाभ उठाएर शक्तिको मूल केन्द्र दिल्लीलाई बनाउँने प्रपन्च मिलाइएको अवस्था थियो । आन्दोलनकर्मी आम जनता र तिनका रानीतिक नेताहरु त्यो दिल्लीको त्रिपक्षीय वार्तामा समावेश नै गरिएको थिएन । जनताको चेतनाले आन्दोलन उठेको पनि थिएन र जनतामा राजनीतिक चेतनाको कमीको फाइदा जनबिरोधी र देशद्रोहीहरुले नै लिएको तथा त्यसबेलाका राजनीतिकर्मी, नेताहरु र बिद्रोहमा सामेल भएका आमजनता अनि महान शहीदहरु केवल राजनीतिक उपयोग मात्र भएका थिए ।

Advertisement

त्यस दिन भएको राजनीतिक घटनाले अर्को एउटा पुतली जस्तै मनोरन्जनको रुपमा खेलाउने जस्तो गुडिया राजा (ज्ञानेन्द्र शाह) को शिरको श्रीपेच पनि मजाकमा नै खोसिएको थियो । ज्ञानेन्द्रलाई गुडिया बनाउने राजनीतिक तागत त्यसबेलासम्म नेपालकै राणाहरुमा थियो । तर त्यस घटनामा त्यो तागत राणाको हातबाट खोसेर दिल्लीमा लगिएको र दिल्लीले त्रिभुवनलाई अर्को नयाँ पुतली निर्माण गर्ने र नेपाली जनतामा मजाकको रुपमा प्रहसन गरिएको (जननिर्वाचित प्रतिनिधिबाट बन्ने विधानबाट राज्यसत्ता चलाउँने घोषणा गराइएको) थियो ।

‘चेतना कमजोर भयो भने अरुले गरेका बदमासीहरु बुझ्न गाह्रो हुन्छ ।’, हो त्यतिबेला साँच्चै बदमासी भएकै हो, तर हाम्रो राजनीतिज्ञहरुले बुझ्न सकेनन् । त्यतिबेला राजनीतिक चेतना मात्र कमजोर होइन, सांगठनिक शक्तिको पनि कमजोर अवस्था थियो । साँच्चै जनताको राजनीतिक र सांगठनिक बलमा त्यो परिवर्तन भएको थिएन । त्यस यताका अरु आन्दोलनहरु र परिवर्तनहरु पनि (०४७ को सम्विधानको घोषणा सम्म ) जनताको हातमा राज्यसत्ताको श्रोत पूर्णरुपले थिएन । ०६२/०६३ को आन्दोलन पूर्व राज्यसत्ताको श्रोत राजा र जनतामा संयुक्त रुपमा रहेको थियो । र, त्यसलाई परिवर्तन गरेर केवल जनतामा मात्र राज्यसत्ताको श्रोत छ भन्ने घोषणा २०७२ को संविधानले गरेको छ । यो संविधानमा गरिएको घोषणाले बल्ल घोषित रुपमा नेपाली जनता सार्वभौम र राजकीय सत्ताका निर्माता बनेका छौं । यो संवैधानिक व्यवस्थाअनुसार अझै पूर्णरुपले जनता अधिकार सम्पन्न र वास्तविक सत्ताका संचालक शक्ति हुन पाएकै छैनन् । राज्यसत्ता संचालन अहिले हाम्रो देशमा प्रधानमन्त्रीले प्रमुख नेतृत्व गर्ने व्यवस्था छ, तर ती प्रधानमन्त्री जनताले प्रत्येक्ष रुपमा निर्वाचित गर्न नै पाएका छैनन् । केवल चुनिएका प्रतिनिधिहरुबाट मात्र प्रधानमन्त्री चुनिने व्यवस्था हाम्रो संविधानमा छ । यो व्यवस्थाले पूर्णरुपले राज्यसत्ताको श्रोत केवल नेपाली जनतामा मात्र केन्द्रित गरेको मानिंदैन । त्यसैले हाम्रो संवैधानिक व्यवस्थामा अझै सुधार गर्नु अनिवार्य छ । यो कुरा गर्न अब सार्वभौम र राज्यसत्ताको श्रोत भएका जनताका निर्वाचित व्यक्तिहरुले नै सुधारेर परिवर्तन गर्नसक्ने संवैधानिक व्यवस्था अहिलेको हाम्रो संविधानमा व्यवस्था गरेको हुँदा त्यो कामको लागि निर्वाचित प्रतिनिधि निर्माण र त्यसकार्यको लागि प्रतिनिधिहरुलाई उत्प्रेरित गर्ने काम अझै जनताले गर्नु अत्यावश्यक छ । यो महत्वपूर्ण कार्यको एकमात्र जिम्मेवारी हामी जनतासँग केन्द्रित रहेको अहिलेको संवैधानिक व्यवस्था हो । यसबेला यस्तो महत्वपूर्ण जिम्मेवारी पालना गर्ने अधिकार भएका हामी नेपाली जनतालाई केही भ्रमको खेती गर्न केही गलत तत्वहरु परिचालित भएका छन् । अरुले लाए/अह्राएको मान्ने र अरुले दिएको खाएर भ्रमको प्रचार गर्ने छट्टुहरु अहिले जनप्रतिनिधि बन्ने र कलुषित स्वार्थ पूरा गरी जनताको अधिकारलाई दुरुपयोग गराउँने गरी राजनीतिक भ्रमको स्याल हुइँया गरिरहेका छन् । तिनीहरुलाई जनताले बुझेर ठेगान लगाउँन आफ्नो अधिकारको सदुपयोग गर्न जान्नुपर्दछ, तब मात्र लोकतान्त्रिक हुन र नागरिक अधिकारको सही सदुपयोग गर्न सकिन्छ ।

अहिले हामी यो लोकतान्त्रिक अधिकार र त्यसको सदुपयोगको युगमा छौं । हाम्रो व्यवस्था गणतान्त्रिक राज्य व्यवस्था हो । गणतन्त्रमा राजा र प्रजा भन्ने नै हुँदैन । यहाँ हामी सम्पूर्ण नेपाली नागरिकहरू सार्वभौम र राज्यसत्ताको श्रोतको रुपमा रहेको अहिलेको अवस्थामा हामीलाई प्रजा भन्ने कसैलाई अधिकार छैन । प्रजा हुँदाको अवस्थाको सिमित अधिकारको गीत गाउँने – प्रजातन्त्र दिवस अब इतिहासको कुनामा थुपारिएर केवल पठन सामग्रीको रुपमा पुगेको र त्यसको सट्टामा संघीय लोकतान्त्रिक गणतन्त्रको दिवस मनाउँने हामीलाई आजको दिन प्रजातन्त्र दिवस कुनै महत्व मानिरहनु पर्ने दिन हैन र यो दिन बाट हामी परिवर्तित युगमा विकास भइसकेका छौं । यो दिवस मनाउँनेहरु केवल राजा ल्याउँछौं भनेर कबुल गरिहिँड्ने र पूर्वराजा ज्ञानेन्द्रले पकेट खर्च जुटाइदिएर उनको भजनमण्डलीमा सामेल भएका अरुको दासत्वमा रमाउँने दासहरु नै हुन् । र केवल प्रजा भएर बस्न उनीहरु रमाउँछन् । तिनीहरुलाई नागरिक बनाउँन अझै केही लोकतन्त्र र जनतन्त्रका आधारभूत मुल्य र मान्यताको राजनीतिक ज्ञान बुझाउँन बाँकी नै छ । त्यो कार्यको जिम्मेवारी पनि हामी नागरिकहरुको काँधमा छ । राज्यसत्तामा पुगेका राजनेताहरू सक्षम नभएको र आफ्नो जिम्मेवारीलाई राम्रोसँग नबुझेकाले आज हाम्रो लोकतन्त्र एकदशक बितिसक्दा पनि नागरिक शासन राम्रोसँग संचालन हुन सकिरहेको छैन । महान शहीदहरु जसले जनतालाई अधिकार सम्पन्न बनाउँने संकल्प बोकेर जीवन उत्सर्ग गरे तिनीहरुलाई अझै शहीद गेटमा निरंकुशताको प्रतिक राजा त्रिभुवनको तल राखेर अपमानित गरिएको शालिक सार्वजनिक रुपमा प्रदर्शन गरिरहिएको छ । त्यो अहिले असान्दर्भिक छ । त्यसलाई सुधार गर्नु र पुननिर्माण गर्नु जरुरी भएको छ । यति साना कुरामासमेत सोचाइ नभएको नेतृत्वबाट देश चल्नुपर्ने बिडम्वना हामीमा भएकोले यो कमजोरीलाई देखेर त्यसको फाइदा उठाउँनेहरुले प्रयत्न गरिरहेका छन् । ती जनअधिकारको दुरुपयोग गर्न गराउँन माकुरे जालो बिच्छ्याएर दुलोभित्र लुकेका जनता र देश बिरोधीहरुको बिरुद्ध एकजुट बन्न आजको राजनितिक सामान्य परिवर्तनको घटना पार गरेको ऐतिहासिक दिनबाट हामीले थप उपलब्धिको उत्कर्षमा पुग्ने संकल्प गर्नुपर्दछ ।

प्रजातन्त्र होइन संघीय लोकतान्त्रिक गणतन्त्र हाम्रो राज्य व्यवस्था हो । आजको दिन सिधा अर्थमा सामान्य राजनीतिक परिवर्तनको घटना भएको दिन नै हो । तर यो आजको परिवर्तनको दिनको महत्व भन्दा हामी अगाडी बढिसकेका छौं । र यो दिन मात्र एउटा सामान्य दिनमा परिवर्तन भएको अवस्था छ । झट्ट हेर्दा यसो भन्नु सामान्य बुझाइको लागि अनौठो पनि होला, तर लोकमान्यता भन्दा यथार्थ फरक हुन्छ । त्यसैले लोकतन्त्रको र संघीय लोकतान्त्रिक गणतन्त्रको सार बस्तु जनताले अनुभूति हुने गरी उपभोग गर्नु हामी सम्पूर्ण नेपाली नागरिकहरुको नैसर्गिक अधिकार हो । वास्तविक लोकतन्त्र जिन्दावाद !

लेकखको फेसबुकबाट साभार