November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बलिउड फिल्म ‘दंगल’की जुनियर बबीता फोगाटको निधन

2.3K

काठमाडौं । आमिर खानको बलिउड फिल्म ‘दंगल’ मा जुनियर बबीता फोगाटको भूमिका निर्वाह गरेकी सुहानी भटनागरको निधन भएको छ ।

‘डर्मेटोमायोसाइटिस’ रोगबाट पीडित उनको १९ वर्षको उमेरमा निधन भएको भारतीय संचारमाध्यमहरुले जनाएको छ । यो रोगमा मांसपेसीहरू कमजोर हुने र छालामा दाग देखिन्छ। गम्भीर अवस्थामा सास फेर्न समेत गाह्रो हुन्छ ।

सुहानी भटनागरको मृत्युपछि ‘दंगल’ टिमले दुःख व्यक्त गरेका छन् ।

Advertisement