गोरखा । गोरखामा एक घरबाट प्रहरीले बरामद गरेको बहुमूल्य ढुंगा क्वार्ज क्रिष्टल गोरखा दरबारमा राखिने भएको छ ।
शनिबार प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले गोरखा नगरपालिका–७ सतिपिपलस्थित राममाया शाहीका घरबाट बरामत क्वार्ज क्रिष्टल धार्मिक र पर्यटकीय हिसाबले गोरखा दरबारमा राख्न उचित हुने निष्कर्ष निकाल्दै सो निर्णय गरेको हो ।
यसअघि उक्त ढुंगा गोरखा दरबारमा वा संग्रहालय कहा राख्ने भन्ने बिषय अन्योल थियो ।
५४ केजी तौलको उक्त ढुंगा नेपालमा बिरलै पाइन भन्दै उक्त ढुंगा विभागमा पठाउन समेत आग्रह गरिएको थियो । तर जिल्लाका सरोकारवालाहरुले भने उक्त ढुंगा गोरखामै राख्नुपर्ने माग राख्दै आएका थिए ।