April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

कोरोनाको प्रभाव न्यून हुँदै जाँदा दैनिक ५ अर्बको वैदेशिक व्यापार

1.9K

काठमाडौं– दैनिक ५ अर्ब रूपैयाँको वैदेशिक व्यापार हुन थालेको छ। कोभिड-१९ को प्रभाव न्यून हुँदै जाँदा बजारमा वस्तुको माग बढ्न थालेकाले आयातमा दबाब बढेको हो। कोभिड-१९ को प्रभाव बढ्दै जाँदा वैदेशिक व्यापार घट्दै गएको थियो। चैतपछि दैनिक करिब ५ अर्ब रूपैयाँको आयात पुसमा भएको हो।

भन्सार विभागको तथ्यांकअनुसार गत पुसमा १ खर्ब ४६ अर्ब रूपैयाँको कूल वैदेशिक व्यापार भएको छ। पुसमा आयात १ खर्ब ३५ अर्ब ७४ करोड रूपैयाँ बराबरको भएको छ। गत वर्षको पुसको तुलनामा यो वर्षको वैदेशिक व्यापार १९.६६ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष पुसमा १ खर्ब १३ अर्ब रूपैयाँ बराबरको आयात भएको थियो। 

पुसमा कूल १० अर्ब ७४ करोड रूपैयाँको निर्यात भएको छ। यो निर्यात गत वर्षको पुसको तुलनामा ११.१८ प्रतिशतले धेरै हो। अघिल्लो पुसमा ९ अर्ब ६६ करोड रूपैयाँको निर्यात भएको थियो।

Advertisement

भन्सार विभागका महानिर्देशक सुमन दाहालले बजारमा वस्तुको माग बढ्दै जाँदा त्यसले आयात बढाएको उल्लेख गरे।