April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

विद्यालयका प्रधानाध्यापकद्वारा विद्यार्थीलाई २ लाख ५० हजार बराबरको पोसाक वितरण

1.2K

आठराई। तेह्रथुमको आठराई गाउँपालिका १ सक्रान्ति बजार डाँडागाँउमा सञ्चालित कृष्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक तेज बहादुर फोम्बो (अरुण) ले २ लाख ५० हजार बराबरको न्यानो पोसाक विद्यार्थीलाई वितरण गरेका छन् ।

प्रअ फोम्बोसहित सोही विद्यालयमा कार्यरत उनकी श्रीमती झुमादेवी चोङवाङले विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरुलाई जाडोको कपडा वितरण गरेका हुन् ।
फोम्बो दम्पतीले कक्षा १ देखि १२ सम्मका २ सय ५० जना विद्यार्थीहरुलाई टिसर्ट सहितको ट्रयाक सुट वितरण गरेका हुन् ।

चिसो मौसम रहेको र विद्यार्थीहरुको आवस्यकतालाई मध्यनजर गरेर न्यानो कपडा बितरण गरिएको प्रअ फोम्बोले जानकारी दिए ।

Advertisement

आइतवार विद्यालयमा एक कार्यक्रम गरी पोसाक वितरण गरीएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनबहादुर माबोको अध्यक्षता तथा वडा नं १ का वडाध्यक्ष प्रेमराज फोम्बोको प्रमूख आतिथ्यतामा पोसाक वितरण गरिएको हो ।

उक्त कार्यक्रममा आठराई गाउँपालिका शिक्षा शाखा प्रमूख विष्णु प्रसाद खनाल लागायत अभिभावकहरुको समेत उपस्थिति थियो ।