लण्डन। बेलायती सेना प्रमुख सर प्याट्रिक स्याण्डर्स नेपाल आइपुगेका छन् । पोखरामा हुन लागेको परेड कार्यक्रममा सहभागी हुनउ नी ६ सदस्यीय टोलीको नेतृत्व गर्दै सोमबार बिहान नेपाल पुगेका हुन् ।
पोखरामा आजदेखि गोर्खा रिक्रुट परेड हुँदैछ । कतार एअरवेजको उडान नम्बर क्युआर ६५२ मा दोहा हुँदै नेपाल आइपुगेका स्याण्डर्स टोली शुक्रबार पोखराबाट काठमाडौं आइपुग्नेछन् ।
बेलायती सेना प्रमुखको टोली शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।