April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

तोलामा ७ सय रुपैयाँले सुनको घट्यो

2.3K

काठमाडौं– सातोको पहिलो दिन सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ। आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ।

शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यता चाँदीको मूल्य समेत घटेको छ।

आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

Advertisement