April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सवारी तथा यातायात व्यवस्थापन ऐन संसोधनको लागि सुझाव पेश

1.5K

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला समक्ष यातायात क्षेत्रमा क्रियाशील व्यवसायी महासंघ र मजदुर संगठनले सवारी तथा यातायात व्यवस्थापन ऐन संसोधनको लागि सुझाव पेश गरेका छन्।

एकीकृत यातायात मजदुर संगठन, नेपाल, स्वरोजगार यातायात मजदुर संगठन, सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल र नेपाल ट्रक यातायात ब्यबसायी महासंघ का केन्द्रीय कमिटीको तर्फबाट सुझाव पेश गरिएको हो ।

सार्वजनिक यातायातका साधनमा मात्र लगाइएको अव्यावहारिक २० बर्षे निति खारेजी, सवारीसाधन दुर्घटना पश्चात् छानबिन आयोग गठन, यातायात आयोग निर्माण लगायत विषयहरू सुझावमा रहेको एकीकृत यातायात मजदुर संगठन का अध्यक्ष रबि केसीले बताए ।

Advertisement