April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पाथीभरा मन्दिरमा एक महिनामा ३५ लाखभन्दा बढी भेटी सङ्कलन

1.2K

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित पाथीभरा (मुकुम्लुङ) मन्दिरमा एक महिनामा रू ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ ।

पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम रु ३५ लाखभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए । उनका अनुसार पुसमा मात्र कूल रू ३५ लाख २९ हजार भेटी रकम सङ्कलन भएको हो ।

पुसमा भक्तजनले पाथीभरा देवीका नाममा चढाएको र दान गरेको भेटी रकम सङ्कलन गरी सार्वजनिक गरिएको समितिले जनाएको छ ।

Advertisement

सङ्कलित यो रकम नेपाल बैङ्क लिमिटेड, सानिमा बैङ्क र एनएमबी बैङ्कमा रहेको समितिको खातामा जम्मा गरिएको पनि उनले बताए ।

सङ्कलित पुसको यो पछिल्लो समेत गरी पाथीभरामा जम्मा भएको भेटी रकम रु आठ करोड ७० लाख ५२ हजार पाँच सय ४८ पुगेको छ ।