April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

इलाम क्षेत्र नम्बर २ मा पहिचानवादी संगठनहरुले साझा उम्मेद्वार उठाउने

2.2K

विराटनगर । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा हुन लागेको निर्वाचनमा पहिचानवादी संगठनहरुले साझा उम्मेद्वार उठाउने भएका छन् । ‘कोशी’ नाम खारेजीका लागि आन्दोलनको अगुवाइ गर्न गठित प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले इलाममा हुने उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने भएको हो ।

संविधानसभाका तत्कालीन अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पद खाली रहेकोमा सुनसरीको धरानमा भएको समितिको बैठकले उक्त क्षेत्रमा साझा उम्मेदवार उठाउने निणर्य गरेको हो ।

बैठकले अन्य विभिन्न विषयमा पनि निणर्य गरेको छ । संघर्ष समितिले प्रदेशको नाम ‘कोशी’ नाम राखिएको फागुन १७ गतेलाई कालो दिन मनाउने निणर्य गर्दै सो दिन आमहड्ताल गर्ने निणर्य गरेको किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले जानकरी दिए ।

Advertisement

संघर्ष समितिले प्रदेश सभा, सरकार र प्रदेश सभाका सांसद र दलका नेताहरू जिम्मेवार भएर पुनः नामाङ्कनको प्रक्रिया अघि नबढाए आमहड्ताललाई अनिश्चितकालीन रूपमा लम्ब्याउने चेतावनी समेत दिएको छ ।

बैठकमा नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष ग्याल्जे शेर्पा, पुनः नामाङ्कन अभियान समिति अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताची राई र नेपाल शेर्पा सङ्घका महासचिव लाक्पा शेर्पा, पूर्वसंस्कृति मन्त्री गोपाल किराती, जनमुक्ति पार्टी अध्यक्ष केपी पालुङगालगयतको सहभागिता थियो ।