दोहा । एसियन कप फुटबलमा आज तीन खेल हुदैछ।
कतारमा शुक्रबारदेखि सुरु भएको एएफसी एसियन कपमा आज तिन खेल हुने भएको हो।
पहिलो खेल २:३० बजे समूह ‘बि’ मा रहेको अष्ट्रेलिया र भारतबीच हुनेछ।खेल अहमद बिन अलि रंगशालामा हुनेछ ।
समूह ‘ए’ को खेलमा ५:३० बजे चीन र ताजिकिस्तान भिड्ने छन् ।
खेल अब्दुल्ला बिन खलिफा रंगशालामा हुनेछ।
८:३० बजे समूह ‘बि’ मा रहेका सिरिया र उज्बेकिस्तान बीच प्रतिस्पर्धा हुनेछ ।
खेल जसिम बिन अहमद रंगशालामा हुनेछ ।
यसैबीच कतारले एएफसी एसियन कपमा विजयी सुरुवात गरेको छ ।
लुसेल रंगशालामा सम्पन्न खेलमा आयोजक समेत रहेको कतारले शुक्रबार लेबनानलाई ३-० हराउँदै विजयी सुरुवात गरेको हो । कतारका लागि अक्रम अफिफले २ र अर्को गोल अल्माेएज अलिले गरेका थिए ।