April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

लिम्बु साँस्कृतिक परिषदको अध्यक्षमा सागर केरुङ

6.4K

धरान । किरात याक्थुङ चुम्लुङको साँस्कृतिक विभाग लिम्बु साँस्कृतिक परिषद केन्द्रीय समितिको चौंथो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । बुधबार धरानस्थित चुम्लुङ्हिममा सम्पन्न राष्ट्रिय महाधिवेशनले सागर केरुङलाई निर्विरोध निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा भवानी विक्रम सम्बाहाम्फे, कुमार हुक्पा चोङ्बाङ् र महासचिवमा कन्चन थलङ्लाइ निर्वाचित भएका छन् ।

यस्तै, कोषाध्यक्षमा उदय बेघा र सदस्यहरुमा दिलु सुब्बा, चईन धोज फोम्बो, डि.आर. हाङ्सरुम्बा, बबिन आङ्देम्बे, बौधमान हुक्पा चोङ्बा र डिक बहादुर थोक्लेन निर्वाचित भएका छन् ।

Advertisement

केहि पदाधिकारी र सदस्यहरू आगामी बैठकले मनोनीत गर्ने निवर्तमान अध्यक्ष गोविन्द आङ्बुङ्ले बताए ।