April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रवासी नेपाली एकता मञ्चद्वारा भूकम्पपीडितका लागि ५ लाख ५५ हजार सहयोग

2.2K

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) निकट प्रवासी नेपाली एकता मञ्च, प्रवास समन्वय कमिटीले जाजरकोट र रूकुमपश्चिम भूकम्पपीडितका लागि ५ लाख ५५ हजार पाँच सय ५५ रूपैयाँ हस्तान्तरण गरेको छ। शुक्रबार मञ्चले पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालमार्फत उक्त रकम हस्तान्तरण गरेको समन्वय कमिटीका इन्चार्ज एवं संयोजक श्रीप्रसाद साहले जानकारी दिएका छन्।

साहकाअनुसार पार्टीअध्यक्षसहित उपाध्यक्ष राजेन्द्र पाण्डे, प्रमेश हमाल, केशवलाल श्रेष्ठ, महासचिव घनश्याम भुसाल, उपमहासचिवद्वय जगन्नाथ खतिवडा र डा.गंगालाल तुलाधर, आर्थिक विभाग प्रमुख सोमप्रसाद पाण्डे, त्यस्तै कमिटीका कार्यलय सचिव भानुभक्त पोखरेल र संगठनका जापान अध्यक्ष द्रोण सिलवालको उपस्थितिमा उक्त रकमको चेक हस्तान्तरण गरिएको हो।

संगठनका इन्चार्ज साहसहित सचिव ध्र्रुव सुवेदी र संगठनको आर्थिक विभाग प्रमुख टि.बि कार्कीको हस्तारसहित जारी विज्ञप्तिमा भनिएको छ, ‘उपरोक्त विषयमा गत महिनामा हाम्रो देशको पश्चिम भेगको जाजरकोट तथा पश्चिम रुकुमलगायतका क्षेत्रहरुमा गएको विनाशकारी भूकम्पबाट भएको जनधनको क्षति पश्चात पीडित जनसमूदायलाई राहत तथा पुर्नस्थापनाको लागि संसारभरी छरिएर रहनुभएका प्रवासी नेपालीहरुको तर्फबाट हाम्रो लोकप्रिय एवं जनमुखी संगठन प्रवासी नेपाली एकता मञ्चको राष्ट्रिय कमिटीहरु अमेरिका, हंकोङ, जापन, अष्टे«लिया, कतार र कुवेत लगायतका देशहरुबाट ५ लाख ५५ हजार ५ सय ५५ आज यस ओएनयुफ अर्न्तराष्ट्रिय प्रवास समन्वय कमिटीद्धारा नेकपा (एकीकृत समाजवादी) मार्फत नेपाल सरकारको भूकम्प पीडित राहत तथा पुर्नस्थापना कोषमा पठाइएको व्यहोरा अनुरोध छ।’

Advertisement