काठमाडौं । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । नेपाल भ्रमणमा रहेका उनले मन्दिरको दर्शन गरेलगत्तै पशुपतिनाथ परिसरमा रुद्राक्षको विरुवा पनि रोपेका छन् ।
बिहीबार नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आएका उनले काठमाडौं ओर्लिएकै दिन जयशंकरले नेपालका उच्चपदस्थ व्यक्तित्वहरुसँग भेटवार्ता गरेका छन् ।
उनी आजै स्वदेश फर्किने कार्यक्रम छ ।