काठमाडौं । राष्ट्रिय युवासंघ नेपालको आयोजनामा केपी ओली कप २०२४ फुटबल आगामी फागुन ११ देखि हुने भएको छ। प्रतियोगिता फागुन ११ देखि २० गतेसम्म हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको यो दोस्रो संस्करण हो। गत वर्ष भएको पहिलो संस्करणमा मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो।
दोस्रो संस्करणको केपी ओली कपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजक राष्ट्रिय युवा संघलाई फागुन ११ देखि २० गतेसम्मको मिति उपलब्ध गराएको जनाइएको छ ।
एन्फाले प्रतियोगितामा सहभागी हुने टिम तथा क्लबहरु एन्फा तथा जिल्ला फुटबल संघमा आधिकारिक रुपमा आबद्ध भएको हुनुपर्नेछ शर्त राखेको छ।
आयोजकका अनुसा्अ प्रतियोगिताको खेलहरू च्यासलस्थित मैदानमा हुने र फाइनल खेल दशरथ रंगशालमा खेलाइने । प्रतियोगितामा सहभागिताको लागि खुल्ला आह्वान गरिने र त्यसपछि सहभागि टिमको छनोट गरिने पनि आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले नगद ११ लाख र उपविजेताले ५ लाख पाउनेछ भने प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख तथा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५०-५० हजार पाउने छन् । यस्तै म्यान अफ दि म्याचलाई १५ हजार नगद प्रदान गरिनेछ।