November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सीमान्तकृत पहरी जातिलाई फाइबर सिरक वितरण

2K

काठमाडौं । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले पहरी जातिलाई फाइबर सिरक वितरण गरेका छन्। मन्त्री श्रेष्ठले सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा-२ बञ्चरेका सीमान्तकृत पहरी जातिका ४८ घरधुरीलाई प्रति परिवार एक थान फाइबर सिरक वितरण गरेका हुन्।

उनले सोमबार औपचारिक कार्यक्रमबीच आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव गैडा र हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्र ध्वज वाइवासमेतको उपस्थितिमा सिरक हस्तान्तरण गरेका हुन्।

सिरक हस्तान्तरण गर्दै मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले सीमान्तकृत जातिहरुलाई सीप सिकाउने र उत्पादनमा जोड्ने काम गर्ने बताए। उनले सीमान्तकृत जाति बसोबास गरिरहेका स्थानमा भौतिक पूर्वाधार निर्माणमा जोड दिने पनि बताए । त्यस्तै, पहरीको भाषा र संस्कृति संरक्षण तथा सम्बर्द्धनका लागि पनि प्रदेश सरकारले काम गर्ने उनको भनाइ छ।

Advertisement

मन्त्री श्रेष्ठले यस अघि मकवानपुर जिल्लाका बनकरिया जाति, सिन्धुली जिल्लाका लोपोन्मुख हायु जाति र थामी जातिलाई पनि न्यानो सिरक वितरण गरेका थिए।