काठमाडौं । बालकुमारी घटनाको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्दैछन् । छलफल आइतबार दिउँसो २ बजे बालुवाटारमा आयोजना गरिएको हो ।
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जान ‘शिप विल्डिङ’ मा परीक्षा दिएकाहरुले उत्पादन क्षेत्रमा पनि भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राख्दै गरिएको प्रदर्शनमा २ जनाको मृत्यु भएको थियो ।
प्रदर्शनका क्रममा दैलेखको महाबु–६ का २३ वर्षीय सुजन रावत र अछाम चौरपाटी–१ का वीरेन्द्र शाहको ज्यान गएको थियो । सरकारले ज्यान गुमाएका रावत र शाहका परिवारलाई जनही १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय समेत गरेको छ ।