April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

लोकनृत्य प्रतियोगितामा सिद्धार्थले काट्यो प्रदेशको टिकट

1.4K

राष्ट्रिय कविता महोत्सव विजेता कवि दिप्साली सम्मानित

सुनसरी प्याब्सनको जिल्ला स्तरीय लोक नृत्य प्रतियोगितामा बराहक्षेत्र नगरपालिका वडा नम्बर–५ को सिद्धार्थ मेमोरियल इ. स्कुल विजेता बन्दै प्रदेश स्तरीय प्रतियोगिताको टिकट काटेको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा १२ स्कुललाई पछि पार्दै सिद्धार्थ मेमोरियल इ. स्कुल लोकनृत्य प्रतियोगितामा छनोट हुन सफल भएको हो ।

सिद्धार्थसँगै हिमशिखर स्कुल इटहरी दोस्रो बन्दै प्रदेश स्तरीय प्रतियोगितामा छनोट भएको छ । सो प्रतियोगितामा तेस्रो बराहा राइजिङ इङ्लिस बोर्डिङ स्कुल, बराहक्षेत्र–२ बन्यो भने सान्त्वना युनिभर्सल स्कुल धरान बन्न सफल भयो ।

प्याबसन सुनसरीले आयोजना गरेको सो प्रतियोगितामा ११ र १२ तर्फ भने मुनवीम एकेडेमी बराहक्षेत्र–५ प्रदेशस्तरीय लोकनृत्य प्रतियोगितामा पुग्न सफल भएको छ । प्रदेशस्तरीय लोकनृत्य प्रतियोगिता आगामी माघ ५ गते बिराटनगरमा हुनेछ । सोही अवसरमा ुराष्ट्रिय कविता महोत्सव २०८० का उत्कृष्ट १० विजेता कवि प्रकाश दिप्साली राईलाई साहित्य क्षेत्रबाट सुनसरीको नामलाई सुवासिलो बनाएको भन्दै प्याब्सन सुनसरीद्वारा सम्मान मायाको चिनो, दोसल्ला र नगदले सम्मान गरिएको थियो । विजेता विद्यालयका नृत्यकारहरुलाई कार्यक्रमका प्रमुख अतिथि, विशिष्ठ अतिथि लगायतले मेडल र ट्रफी वितरण गरेका थिए ।

Advertisement

कार्यक्रममा आफ्नो मन्तव्य राख्नै प्रमुख अतिथि प्याब्सन केन्द्रीय सदस्य जीवनप्रसाद गुरागाईँले प्याब्सनको स्थापनाकालदेखि नै विद्यालयका नानीहरुसँग प्याब्सन कसरी जोडिने भनेर लागिपरेको र नै यी यस्ता अनेक विधाका कार्यक्रमहरू नानीहरुको हितमा गर्न थालेको बताउँदै हामीबाट लोप हुन लागेको कला र संस्कृतिलाई जगेर्ना गर्न यो कार्यक्रम आयोजना गरेको बताए । यस्ता कार्यक्रमले हाम्रा लोकगीत र लोक संस्कृति सङ्रक्षणमा टेवा पुग्ने बताए । ‘यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको मानसिक, शारीरिक तथा संवेगको विकास हुने गर्दछ । अझ पछिल्लो समय हामीले उत्पादन गरेको विद्यार्थीहरु विदेशिने गरेकोले हामीलाई नरमाइलो लागेको छ । अब यी हाम्रा विद्यार्थीहरुलाई कसरी यो देशमै व्यवस्थापन गर्न सकिन्छ भन्ने तर्फ पनि ध्यान केन्द्रित हुन थालेको छ,’ उनले थपे ।

बराहक्षेत्र प्याब्सनका सचिव खेम राई र सुनसरी प्याब्सनका सचिव गणेश भण्डारीले सन्चालन गरेको सो कार्यक्रममा कार्यक्रममाथि प्रकाश सुनसरी प्याब्सनका उपाध्यक्ष बिजय राईले पारेका थिए ।

स्वागत मन्तव्य प्याब्सन सुनसरी उपाध्यक्ष रमेश कार्कीले राखेका थिए भने कार्यक्रमका सभाध्यक्ष प्याब्सन सुनसरीका वरिष्ठ उपाध्यक्ष थानेश्वर ढकाल रहेका थिए ।