April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एकीकृत समाजवादीका ५० नेताहरूले गरे मरणोप्रान्त अंगदान गर्ने घोषणा

1.6K

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का ५० जना केन्द्रीय नेताहरूले मरणोप्रान्त अंगदान गर्ने घोषणा गरेका छन् । पार्टीको सातौं कमिटीको जारी वैठकमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहकार्यमा पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष एवं कृषि मन्त्री डा.बेदुराम भुसाल, प्रमेश हमाल, धर्मनाथ प्रसाद साहले मरणोप्रान्त अंगदान गर्ने सम्झौता गरेका हुन् ।

त्यस्तै पार्टीका उपमहासचिव डा.विजय पौडेल र डा.गंगाल तुलाधरले पनि अंगदान गर्ने घोषणा गरेका छन्। पार्टी सचिव जीवनराम श्रेष्ठ, नागेन्द्र चौधरी, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सोम प्रसाद पाण्डे, कर्णाली प्रदेश कमिटी अध्यक्ष अम्मर बहादुर थापा, कोशी प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरी, गण्डकी प्रदेश कमिटीका कार्यबहाक अध्यक्ष श्रीनाथ बरालले पनि अगंदान गर्ने प्रत्यारोपण केन्द्रसँग सम्झौता पत्रमा हस्ताक्षेर गरेका छन् ।

पार्टीका पोलिटब्यूरो सदस्य गणेश वि.क, केन्द्रीय सदस्य मनु सिग्देल, निरादेवी जैरु, समाजवादी प्रेस संगठनका उपमहासचिव तथा पार्टी प्रचार विभाग सदस्य लेखनाथ सिकारूलगायतका नेताहरूले अगं दानको घोषणा गरेको केन्द्रकी संयोजक बन्दना खत्रीले जानकारी दिइन्।

Advertisement

खत्रीसहित डा.निरू शर्मा लगायतको स्वाथ्यकर्मीको टोलीले कान्तिपुर गार्डेन लतिलपुरमा शिविर सञ्चालन गरेको थियो।