November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

श्याम खड्काका हत्यारा २३ वर्षपछि पक्राउ

२०७७ कार्तिक १९

3.8K

काठमाडौं– काभ्रेको पनौती घर भएका अन्दाजी १८ वर्षका श्याम खड्काको हत्यामा संलग्न भएका एक व्यक्ति २३ वर्षपछि पक्राउ परेका छन्।

खड्काको हत्यामा संलग्न रही फरार भएका रामेछापको खाडादेवी गाउँपालिका–५ का ४७ वर्षीय ध्रुव भनिने मानकाजी श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको हो ।

२०५४ कात्तिक १६ मा खड्काको हत्या भएको थियो । हत्यामा संलग्न भएका मानकाजीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट वारेन्टसमेत जारी भएको थियो । तर उनी भने फरार थिए । उनलाई ललितपुरको थसीखेलबाट बुधबार पक्राउ गरिएको हो ।

Advertisement