April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पहिचानसहितको विचारलाई विश्‍वव्यापी बनाउन सबैको ऐक्यवद्धता आवश्यक छ: प्रधानमन्त्री

1.1K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको बताएका छन् । सोमबार उधौली पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै संरक्षण गरिएको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ। विभिन्‍न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै यहाँ विभिन्‍न भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ। लोकतन्त्र, समाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण एकता, सद्‍भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो।
राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको समुन्‍नति र समृद्धि निर्भर रहन्छ ।’

यस्ता मौलिक चाडपर्वहरूले नेपालीहरूबीच सामाजिक एकता, सद्‍भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउने उल्लेख गर्दै पहिचानसहितको विचारलाई विश्‍वव्यापी बनाउन सबै क्षेत्र, लिङ्ग, वर्ग, समुदायको ऐक्यवद्धताको आवश्यकता रहेको उनको भनाइ छ ।
‘नेपाली समाजले विकास गरेको आफ्नै मौलिक विचार नेपाली राष्ट्रियताको जगमा उभिएको छ। २१ औं शताब्दीमा नेपाली पहिचानसहितको विचारलाई माथि उठाउन र विश्‍वव्यापी बनाउन सबै क्षेत्र, लिङ्ग, वर्ग, समुदायको ऐक्यवद्धता आजको आवश्यकता हो,’ शुभकामना सन्देशमा उल्लेख छ ।

Advertisement