काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका शरणार्थी नेता टेकनाथ रिजालले अदालतको आदेशबमोजिम धरौटी बुझाएका छन् । आईतबार धरौटी बुझाएका रिजाल थुनामुक्त भने भएका छैनन् ।
रिजालले अदालतबाट तोकिएको १५ लाख रुपैयाँ धरौटी बुझाएर छुट पुर्जी लिएपनि कार्यालय समय अभावका कारण थुनामै रहेका हुन् । आज र भोलि पनि सरकारी विदा रहेकाले त्यसपछिमात्रै उनी छुट्ने बताइएको छ ।
यसअघि यस प्रकरणमा धरौटीमा छुटेकाहरुलाई सम्पत्ति सुद्धीकरण विभाग र अख्तियारमा समेत बुझाइएको थियो । सम्पत्ति सुद्धीकररण र अख्तियारले उनीहरुमाथि अनुसन्धान बाँकीनै रहेको भन्दै बुझाउन कारागार कार्यालयलाई पत्र लेखेको थियो । सोही पत्रका आधारमा कारागार कार्यालले उनीहरुलाई सम्पत्ति सुद्धीकरण र अख्तियारमा बुझाएको थियो ।
शरणार्थी नेता रिजालले पनि सो प्रक्रिया पूरा गर्नुपर्ने छ । नेता रिजाललाई सम्पत्ति सुद्धीकरण र अख्तियारले साधारण तारेखका छोडेमा सम्भवतः बुधबारमात्रै छुट्ने छन् ।