April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सिंगापुरमा भव्यताका साथ मनाइयो चासोक् तङ्नाम

1.5K

काठमाडौं । सिंगापुरमा चासोक तङ्नाम-२०८० भव्य रुपमा मनाइएको छ । किरात याक्थुङ चुम्लुङ सिंगापुरको आयोजनामा भव्य कार्यक्रमको आयोजना गरी चासोक मनाइएको हो ।

सिंगापुरको माउन्ट भर्नन् क्याम्पमा सम्पन्न उक्त कार्यक्रममा सयौंको उपस्थिति रहेको थियो । केलाङ् (च्याब्रुङ् नाच)बाट स्वागत गरिएको कार्यक्रममा पूजा तथा रन्जित थाङदेन लिम्बुले भिडियोमार्फत चासोकबारे भिडियो प्रस्तुत गरेका थिए । केलाङ् समूहमा दिलिप वनेम लिम्बू, उत्तम चोङ्बाङ लिम्बू, सेमिहाङ सिंगक लिम्बू, विष्णु याङ्घिङबाङ् लिम्बू, तान्छोहाङ लिम्बू, निर्मला चोङ्बाङ लिम्बू, साजन पन्धाक लिम्बु, पुरान लिम्बू, माला साम्यु लिम्बू, रिता लिम्बु र पुनम देवान रहेका थिए ।

कार्यक्रममा विनोद लिम्बू, राजेश खेबाङ लिम्बू, अर्जुन मादेन लिम्बू र सुमन सावादेन लिम्बूले गीत गाएर आफ्नो प्रस्तुति दिएका थिए भने एनी कन्दङ्वा लिम्बू, नुमा लावती लिम्बू, पुनम इमेहाङ लिम्बू, कृस्टल वनेम लिम्बू, रीता कन्दङ्वा लिम्बू, निर्मला चोङबाङ् लिम्बू, नुमा मादेन रेनिशा लिम्बू, एलिसा लुम्फुङ्वा लिम्बू, माला साम्यु लिम्बु लगायतले नृत्य प्रस्तुत गरेका थिए ।

Advertisement

मदन थेबे लिम्बू र पोकला येङ्हिङ्बाङ् लिम्बुले संचालन गरेको उक्त कार्यक्रमको सांस्कृतिक व्यवस्थापक
कर्णदीप तुम्बाहाम्फे र हाङपाल आङबुहाङ रहेका थिए। कार्यक्रमको अन्त्यमा सामुहिक केलाङ् रहेको गुणराज तुम्खेवाले जानकारी दिए ।