November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रदेशलाई अधिकार नदिए सिंहदरबार घेर्छौँ: विश्वप्रकाश शर्मा

1.5K

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रदेशलाई अधिकार नदिए आफूहरु पनि सिंहदरबार घेर्न जाने बताएका छन् । शर्माले सरकारले प्रदेशलाई अधिकार सम्पन्न बनाउने गरी कानून निर्माण नगरे आफूहरु पनि सिंहदरबार घेर्न जाने बताएका हुन् ।

शनिबार कांग्रेस बागमती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘प्रदेशलाई अधिकारसम्पन्न बनाउने गरी कानून आएन भने महासमिति बैठकबाट निर्णय गरेर हामी खुद सिंहदरबार घेर्नका लागि प्रदेशका साथीहरुसँगै उपस्थित हुनेछौं ।’

आफूहरुले प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउने कानून माग गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेवास्ता गरेको समेत आरोप लगाए।

Advertisement