April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

‘गैरआवासीय नेपाली तारा सिजन ४’मा २९ प्रतिस्पर्धी तेस्रो चरणमा प्रवेश

शारदा भुजेल
२०८० पुष ७

1.6K

दोहा । ‘गैरआवासीय नेपाली तारा सिजन ४’मा २९ जना
प्रतिस्पर्धी तेस्रो चरणमा प्रवेश गरेका छन्। गैरआवासीय नेपाली संघ (एनसीसी) कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित ‘गैरआवासीय नेपाली तारा सिजन ४’को आज भएको दोस्रो अडिसनबाट गायनबाट १९ र नृत्य विधाबाट १० गरी २९ प्रतिस्पर्धी तेस्रो चरणमा प्रवेश गरेका हुन्।

‘नेपाली कला संस्कृतिको सम्मान गरौँ, प्रवासमा रहेको प्रतिभाको खोजी गरौँ’ भन्ने नाराका साथ राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ, प्रवासमा लुकेर बसेको कलालाई प्रस्फुटन र उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको दोस्रो चरणमा गायन विधाबाट २७ जना र नृत्य विधाबाट १४ जना पुगे पनी गायन विधामा २६ जना र नृत्य विद्यामा १३ जनाले प्रतिस्पर्धा गरेका थिए ।

शुक्रबार बिहान अलसलातामा रहेको कतार च्यारीटीको हल र नज्मामा रहेको अफ्घान रेस्टुरेन्टमा सम्पन्न  कार्यक्रममा गायन विधाबाट सुजन गुरुङ, बुद्ध सिंह लिम्बु,भीम बहादुर कार्की, जोन विक, असोक गुरुङ, रुष्तम तामाङ, मानसिहं परियार, ईसान रेग्मी, सुरज केसी, मालती लामा, बनिता राई, दीपक कुमार घले, गौतम सामी लिम्बु, प्रविन रामदाम, क्षितिज तामाङ, रश्मी विश्वकर्मा उत्तम राई र सरला तामाङ तेस्रो चरणमा प्रवेशमा गरेका छन्  ।

Advertisement

त्यस्तै नृत्य विधा तर्फ जुनुमाया कुमाल, झरना राई, दिया सिंह, जीवन खालिंग राई, अमित राई, रिता श्रेष्ठ, सौजार चाहार, निरु श्रेष्ठ, सरोज लामा सुनिता शेर्पा, अर्को चरणमा प्रवेश गरेका छन् ।

प्रतिस्पर्धाको गायन विधातर्फ वीरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मङ्गल विक निर्णायकका रूपमा रहेका थिए भने नृत्य विधातर्फ भविन तामाङ, भीमप्रसाद गुरुङ र जनक लाफा मगरले निर्णायकको जिम्मेवारी सम्हालेका थिए । कमलमणि गुरागाँई र बुधबल गुरुङ पर्यवेक्षकका रूपमा रहेका थिए ।

बार्बी खड्का, आरुषि रिजाल र आरजु राईको स्वागत नृत्यमार्फत सुरु भएको कार्यक्रम एनसीसी कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा एनआरएनए आइसीसीका उपाध्यक्ष राज रेग्मीको अतिथि निर्णायक साथै तमु (गुरुङ) समाजकी अध्यक्ष टौमाया गुरुङको विशेष आतिथ्यतामा सम्पन्न भएको  थियो ।

एनसीसी कतारका सचिव रोशन अर्याल र तमु समाजका महासचिव ज्ञान बहादुर गुरुङ (डिजन)ले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति भट्टले प्रतिस्पर्धामा सहभागी सबैप्रति शुभकामना व्यक्त गरे।

प्रतियोगिताको गायन विधाका विजेताले १ लाख ८१ हजार र नृत्य विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । कार्यक्रमबाट भएको मुनाफाको ६५ प्रतिशत रकम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिने भएको छ l प्रतियोगिताको तेस्रो चरण १२ जनवरी २०२४ र ग्राण्ड फिनाले २ फेब्रुअरी २०२४ मा सम्पन्न गर्ने कार्यतालीका रहेको छ ।

नेपाल मामिला आइडलको मुख्य सञ्चार सहयोगीका रूपमा रहेको छ ।