काठमाडौं । कुसल थलङ र सुनिता थेगिमको आवाज रहेको गीत ‘सेक्मुरी फेक्तेरो’ सार्वजनिक भएको छ। उक्त गीतको म्युजिक भिडियो ‘कुसल थलङ युट्युब च्यानल’बाट सार्वजनिक भएको हो ।
स्टुडियो किङमा रेकर्ड गरिएको ‘सेक्मुरी फेक्तेरो’को शब्द सन्तोष थलङले लेखेका हुन् भने सानुबाबा सुब्बाले संगीत भरेका हुन् ।
गीतको भिडियोमा गायकद्वय थलङ र थेगिमको साथमा साथमा रिया हुक्पा चोङबाङ, गरिमा लिम्बू, डिबी लिम्बू, शिव सम्बाहाम्फेको अभिनय रहेको छ । रहेको यस सुमधुर गीतलाई गीतको नेपाली रुपान्तरण मुन्धुमविद यासेली योङहाङले गरेका हुन् ।
यसअघि नेपाली भाषामा मेलिना राई र कुसल थलङको गाएका ‘सेक्मुरी फूल्यो नि’को अपार सफलता पछि सोही गीतलाई याक्थुङ (लिम्बु) भाषामा रेकर्ड गरिएको हो ।जसको रुपान्तरण मुन्धुमविद तथा कलाकार यासेली योङहाङले गरेका हुन् ।
यस भिडियोमा चौबिसे संयक ढाका उद्योगद्वारा तयार पारिएको भेषभुषा प्रयोग गरिएको छ भने शृङ्गार, उपकरण तथा पोस्ट प्रोडक्सन लिम्बुवान फिल्मस्, धरानको रहेको छ ।
यस्तै, भिडियोको छायांकन कृशल राई समूह र व्यवस्थापन कृशनदेव साम्पाङ राई र सुमी लिम्बुले गरेका हुन् । भिडियोमा सिनेमाटोग्राफी तथा सम्पादन खगेन्द्र पन्धाक र निर्देशन मदन वनेमको रहेको छ ।