November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कवि गीलु रातोसको कवितासंग्रह ‘सिलीदुङ’ सार्वजनिक

7.4K

काठमाडौं । कवि गीलु रातोसको पहिलो कवितासंग्रह ‘सिलीदुङ’ सार्वजनिक भएको छ । शनिबार मण्डला थिएटरमा आयोजित कार्यक्रमबीच संग्रह विमोचन गरिएको हो ।

संग्रहलाई विश्लेषक आहुति, राजनीतिकर्मी माइला लामा, लेखिका प्रणिका कोयु र कवि रातोसले सार्वजनिक गरेका हुन् ।

थेबा–ला पब्लिकेशनद्वारा प्रकाशित यस कृतिको नामकरण किराँत जातिको उधौली चाड मंसिरे पूर्णिमा आसपासमा नाचिने सांस्कृतिक नामलाई लिएर ‘सिलीदुङ’ राखिएको कविले बताए।

Advertisement

कृति सार्वजनिक गर्दै विश्लेषक आहुतिले कवि आफैं सत्ताधारी पार्टीमा संलग्न रहेर आफ्नो रचनालाई फरक धारमा प्रस्तुत गरेको बताए । उनले पहिचानको आवाजलाई लिएर रचिएका कविताहरू आफ्नै मातृभाषामा रचिएको भए, बढी अर्थपूर्ण हुनेसमेत बताए ।