धरान । बराहक्षेत्र प्याब्सनले आयोजना गरेको लोक नृत्य प्रतियोगिताको उपाधि सिद्धार्थ मेमोरियल इङ्लिस सकुल, बराहक्षेत्र-५ ले जितेको छ । बिहीवार सम्पन्न प्रतियोगितामा चारवटा स्कुललाई पछि पार्दै सो उपाधि सिद्धार्थले जितेको हो ।
यसैगरी सो प्रतियोगिता बराहाराइजिङ इङ्लिस स्कुल, बराहक्षेत्र-२ दोस्रो बन्यो भने तेस्रो मुनवीम एकेडेमी, बराहक्षेत्र-५ तेस्रो बन्यो । प्रथम बनेको सिद्धार्थ र दोस्रो बराहराइजिङले प्याब्सन सुनसरी (जिल्ला)स्तरीय प्रतियोगिताको टिकट समेत काटेको छ । यी दुई स्कुलले आगामी शुक्रबार सुनसरी जिल्लाभरिबाट छ्नोट भएका विद्यालयहरुसङ्ग प्रतिष्पर्धा गर्नेछ । विजेता, उपविजेता तथा अन्य प्रतियोगीहरुलाई प्रमुख अतिथि तथा समाजका प्रतिष्ठित व्यक्तिहरुले ट्रफीहरु प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्याब्सन सुनसरीका सचिव बिजय राईले विद्यार्थीहरुमा रहेको यस्ता प्रतिभाहरुलाई फुल्ने फल्ने अवसर प्याब्सनले दिदै आएको बताए । उनले भने, ‘बराहक्षेत्र प्याब्सनले प्रशस्तै प्रतिभाहरु उत्पादन गरेको बताउँदै आफ्नो प्रतिभाहरुलाई सदुपयोग गर्नुपर्छ अनि मात्र त्यो प्रतिभाको मूल्यांकन हुन्छ, तर आफ्नो प्रतिभालाई दुरुपयोग गर्यो भने त्यसले आफैलाई हानी गर्न सक्छ ।”
बराहक्षेत्र प्याब्सनका सचिव खेम राईले सन्चालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य सह-सचिव शरण लिम्बुले राखेका थिए भने कार्यक्रमका सभाध्यक्ष बराहक्षेत्र प्याब्सनका उपाध्यक्ष भेषराज न्यौपाने रहेका थिए ।