काठमाडौं । लोकसेवा आयोगले २ सय ६२ शाखा अधिकृत माग गरेको छ । आज सूचना जारी गर्दै आयोगले ठूलो संख्यामा दरखास्त माग गरेको हो ।
सबैभन्दा धरै परराष्ट्र, प्रशासन र लेखा परीक्षणमा मागिएको छ ।
उम्मेदवारहरुले माग २ गतेसम्म दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ । दरखास्त पेश गर्ने अन्तिम मितिभित्र काठमाडौ उपत्यकाको हकमा दरखास्त व्यवस्थापन केन्द्र, अनामनगर र काठमाडौ उपत्यका बाहिरको हकमा आयोगका कार्यालयहरुमा तथा राष्ट्रिय मानव अधिकार सेवाको लागि राष्ट्रिय मानव अधिकार आयोगको बढुवा समितिको सचिवालयमा बुझाई सक्नु पर्ने आयोगले जनाएको छ।