November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

“श्रमको सम्मान र श्रमिकको अधिकार सुनिश्चित गर्न श्रमिकले आफ्नो अधिकार बुझ्नपर्छ” 

4.6K


काठमाडौं । एकीकृत ट्रेड युनियन महासंघ (आईसीटीयू ) का सचिव रबि केसीले नेपालको संविधानले आश्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरेको भएता पनि देशमा रोजगारीको स्थिति र श्रमिकको अवस्था भने सन्तोषजनक नभएको बताए। 

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “अझै पनि श्रमिकमा ठूलो विभेद, चर्को श्रमशोषण, वृत्ति विकासको अभाव, न्यून पारिश्रमिक, स्थायीको अवसरबाट बञ्चित सामाजिक असुरक्षा जस्ता समस्याबाट पीडित छन् ।” उनले थप लेखेका छन्, “जनताद्वारा चुनिएका तीन तहका सरकार छन् । यस्तो अवस्थामा तीनै तहका सरकार र जनप्रतिनिधिले श्रमिकका समस्याको उचित सम्बोधन गर्न नसक्नु, रोजगारी सिर्जनामा चासो नदेखाउनु र श्रमिकको समस्यामाथि समस्याको चाङ बढाउँदै लानु श्रमिक आन्दोलनको गम्भीर अपमान हो ।”

उनले श्रमिकको हक, हितको कुरा मात्र गरेर नपुग्ने, काम गर्नुपर्ने बताएका छन् । “श्रमिकको हक, हितको कुरा मात्र गरेर पुग्दैन, काम पनि हुनुपर्छ,” उनले लेखेका छन् ।

Advertisement