November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

दक्षिण कोरियाद्वारा १५ हजार भन्दा बढी नेपाली कामदार माग

2K

काठमाडौं । दक्षिण कोरियाले १५ हजार भन्दा बढी नेपाली कामदार माग गरेको छ । ईपीएस भाषा परीक्षामार्फत उत्पादनमूलक क्षेत्रका लागि १५ हजार ८४८ जनाका लागि आवेदन आह्वान गरेको हो। 

इपीएस शाखाका अनुसार आगामी पुस २ गतेदेखि ६ गतेसम्म आवेदन दिन सकिने छ।

परीक्षासम्बन्धि जानकारी माघ २२ गते सार्वजनिक गरिने जनाईएको छ। १८ वर्ष पूरा भई ३९ वर्षभित्रका नेपाली नागरिकहरूले आवेदन दिन सकिनेछ।

Advertisement