काठमाडौं । बागमती प्रदेशको सर्वदलीय बैठक आज बस्दै छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको आह्वानमा दिउँसो १ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा बैठक बस्ने छ ।
बैठकमा प्रदेशको वर्तमान राजनीतिक अवस्था र प्रदेश सभा अन्तर्गतका संसदीय समिति गठनका विषयमा छलफलका हुने जनाइएको छ ।
गत बुधबार प्रदेशका मन्त्रीहरूसँग छलफल गरेपछि मुख्यमन्त्री जम्कट्टेलले मंसिर १७ गतेका लागि सर्वदलीय बैठक आह्वान गरेका थिए ।