April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

फिलिपिन्समा ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

1.5K

लन्डन। पूर्वी फिलिपिन्सको मिन्डानाओ टापुमा शनिबार ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र वरपरका मुलुकमा समेत महशुस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय समयअनुसार राति १०: ३७ मा हिनातुआनबाट २१ किलोमिटर उत्तरपूर्वमा ३२ किलोमिटर गहिराइमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । 

भूकम्पका कारण कुनै मानवीय तथा अन्य भौतिक संरचनामा क्षति भएकोबारे तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।

Advertisement

भूकम्पको तीव्रता र स्थानका आधारमा दक्षिणी फिलिपिन्स र इन्डोनेसिया, पलाउ र मलेसियाका केही भागहरूमा सुनामीको छाल आउने सम्भावना रहेको प्रशान्त सुनामी चेतावनी केन्द्रले जनाएको छ।

स्थितिलाई ध्यानमा राख्दै, मिन्डानाओको पूर्वी किनारमा रहेको सुरिगाओ डेल सुर र डाभाओ ओरिएन्टल प्रान्तका बासिन्दाहरूलाई फिलिपिन्स सरकारका प्रान्तहरूले तुरुन्तै आफ्नो घरहरू खाली गर्न र उच्च मैदानहरूमा पुग्न वा भित्री भूमिमा जान आग्रह गरेका छन्।