April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

दुर्गाप्रसाद पोख्रेलको अङ्ग्रेजी कवितासंग्रह ‘अनसङ् सङ्स्’ विमोचित

1.9K

लण्डन । साहित्यकार दुर्गाप्रसाद पोख्रेलको अङ्ग्रेजी कवितासंग्रह ‘अनसङ् सङ्स’ विमोचित भएको छ । कवि, मुक्तककार तथा समालोचक पोख्रेलको संग्रहलाई बिहीबार काठमाडौमा आयोजित एक समारोहबीच प्राडा. पद्म देवकोटाले विमोचन गरेका हुन् । 

संग्रहमा पोख्रेलका ८५ वटा अंग्रेजी भाषामा लेखिएका कविता समावेश छन् । कविको आप्रवासी अनुभव, देशप्रतिको चिन्ता र चासो, माया, प्रेम, हर्ष, अमर्ष, प्रकृति, समसामयिकता, आत्मचिन्तन जस्ता विविध विषय तथा बिम्बहरू कृतिमा पाइन्छन् ।  

विमोचित कृतिमाथि कवि एवं समालोचक केशव सिग्देलले समीक्षा गरेका थिए भने डा. निर्मलमणि अधिकारी र डा. चिन्तामणि योगीले शुभकामना मन्तव्य राखेका थिए ।

Advertisement

समारोहमा लेखक, साहित्यकार एवं प्राध्यापकहरूको उल्लेखनीय उपस्थिति थियो ।

प्रसन्नता पोख्रेलको प्रकाशन रहेको यस पुस्तक १५२ पृष्टको रहेको छ । 

पोख्रेलका यसअघि अमृतका थोपा (संस्कृतसूक्ति अनुवाद), अक्षरका पाइलाहरू (कवितासंग्रह), आफैंसँग आफ्नो नाता (मुक्तक संग्रह) आदि प्रकाशित भैसकेका छन् ।