दोहा। माछापुच्छ्रे बैंक लिमिटेडले कतारमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन अझ सहज होस् भन्ने उद्धेश्यका साथ कतारस्थित अल्फरदान एक्सचेन्जसँग सहकार्य गरी माछापुच्छ्रे बैंकको एमबिएल रेमिटमार्फत नेपाल सजिलै पैसा पठाउन सकिने व्यवस्था छ।
रेमिट्यान्स कारोबारको लागि अल्फरदान एक्सचेन्जसँग सहकार्य गरी कतारमा रहेका सम्पूर्ण नेपालीहरुले कतारको अल्फरदान एक्सचेन्जका सम्पूर्ण शाखा कार्यालय तथा अनलाइन मोबाइल एप्लिकेशन मार्फत बिहीवारदेखि नेपाल पैसा पठाउन सकिने माछापुच्छ्रे बैंकका मध्य पूर्व व्यवसाय प्रमुख सुजन सापकोटाले बताएका छन्।
विहीबार दोहामा रहेको माज्मा रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरी सापकोटाले स्थापना कालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकमा बिदेशमा कमाई गरेर स्वदेशमा ढुक्कसँग बचत गर्न सकिने बताए ।
बैंकिङ्ग क्षेत्रमा नयाँनयाँ स्मार्ट सुविधाहरु रहेको र्बैंकले देश तथा बिदेशमा रहेका ग्राहकहरुलाई २४ सै घण्टा सेवा सुविधा दिँदै आएको छ ।
स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमाआधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने, क्यू.आर.कोड लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ । बैंकले हालसम्म देशका ७ वटै प्रदेशमा १६५ शाखा,१२एक्सटेन्सन काउन्टर,१३० शाखारहित बैंकिङ्ग सेवा, २०२ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।