काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिसन–८४ ले देश नबन्ने बताएका छन् । उनले बुधवार सामाजिक सञ्जालमार्फत नेताहरूलाई सकाएर मात्र देश बन्ने बताएका हुन् ।
राजनीतिक दलहरुले आगामी २०८४ सालमा हुन गइरहेको आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन–८४’ अभियान चलाइरहेकाप्रति बालेनले व्यंग्य गरे ।
मेयर शाहले फेसबुकमा लेखेका छन्, ‘तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ । तिमीहरूलाई सकाएर बन्छ ।’
र्यापरसमेत रहेका उनले कवितात्मक शैलीमा फेसबूकमा लेखेका छन् ।