April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

नगरकोटीको ‘जोगियाना’ लोकार्पण

2.4K

काठमाडौं । कुमार नगरकोटीको संस्मरण किताब ‘जोगियाना’ लोकार्पण भएको छ । आफ्नो लेखन यात्राको २५ वर्षलाई ‘जोगियाना–उत्सव’को रूपमा मनाउँदै नगरकोटीले सो किताब सार्वजनिक गरेका हुन् । पाटन दरबारको आँगनमा आयोजित नगरकोटी–उत्सवमा नगरकोटीले आफ्ना आधा दर्जन कविता र गीत सुनाए ।

संस्मरण लेखनको यात्रामा नगरकोटीलाई लेख्न प्रेरित गरी पत्रपत्रिकामार्फत पाठकमाझ पुर्याउन सहयोग गरेका मित्रत्रय यज्ञश, दीपक सापकोटा र वसन्त बस्नेतले ‘जोगियाना’को लोकार्पण गरे । दीपक सापकोटा र यज्ञशले किताबका अंश वाचन गरी सुनाए भने वसन्त बस्नेतले नगरकोटीको लेखनी बारे बोले ।

“मैले नगरकोटीलाई कवितामार्फत चिनेको हुँ तर आजको दिनसम्म उनका लेखनका बहुविधा छन् र अब्बल छन्”, उनले भने, “नगरकोटीजस्ता फरक लेख्ने लेखक देशकै परिचायक हुन् । पाटन नगरकोटीको शहर भनेर चिनिनुपर्छ, जसरी संसारभर लेखकको नामबाट पनि शहरहरू चिनिन्छन् ।”

Advertisement

कार्यक्रम नगरकोटीले आफ्नो किताबको साजसज्जा र डिजाइन गर्ने डिजाइनरद्वय सचिन यगोल श्रेष्ठ र उमेश काफ्लेको प्रशंसा गर्दै पुस्तक उपहार दिएर सम्मान गरेका थिए ।
नगरकोटीका १९ वटा संस्मरणहरूको यस पुस्तकलाई बुकहिलले प्रकाशन गरेको हो ।