November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

साहित्यकार खगेन्द्र सङ्ग्रौला सम्मानित

1.2K

काठमाडौं । प्रगतिवादी साहित्यकार, समालोचक तथा वरिष्ठ लेखक खगेन्द्र सङ्ग्रौला सम्मानित भएका छन् ।सङ्ग्रौला स्व.वैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिष्ठानद्वारा सम्मानित भएका हुन् ।

स्व.वैकुण्ठहरि श्रेष्ठको ९० औँ जन्मजयन्तीको अवसरमा संग्रौलालाई रु.५१ हजार नगद पुरस्कारसहित दोसला ओढाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रम प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण श्रेष्ठको सभापतित्वमा तथा प्रगतिवादी साहित्यकार एवं प्रगतिशील कवि योगेन्द्र प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Advertisement

प्रतिष्ठानका सचिव कृष्णमोहन जोशीले सञ्चालन गरेको उक्त कार्यक्रममा कवि मातृका पोखरेल, मध्यपुर थिमि नगरपालिकाका पूर्व नगरप्रमुख मदनसुन्दर श्रेष्ठ र ४ नं.वडाध्यक्ष बालकृष्ण पात्या श्रेष्ठले मन्तव्य र
राखेका थिए ।