November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नेपाली सेनाद्वारा ठूलो संख्यामा दरखास्त आह्वान

1.7K

काठमाडौं । नेपाली सेनाले भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि ठूलो संख्यामा आवेदन खुलाएको छ। सेनाले सैन्य पदका लागि ३ हजार र अन्य ट्रेडका चार सय गरी ३४ सय जनाका लागि दरखास्त आह्वान गरेको हो ।

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सैन्य पदको हकमा नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त दिन सक्नेछन् ।

ट्रेडका फलोअर्स पदहरूको हकमा उम्मेदवार स्वयं भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भरी दरखास्त पेस गर्नुपर्नेछ । दरखास्त आजदेखि पुस ७ गतेसम्म दिन पाइनेछ ।

Advertisement