April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेपाल रिटर्नी एसोसिएसन राहत सामाग्री लिएर लाग्यो  भूकम्प प्रभावित क्षेत्र

1.1K

 काठमाडौं । नेपाल रिटर्नीएसोसिएसन नेपालको  टोली जाजरकोट र रुकुमका भूकम्प  पीडितलाई राहत वितरण गर्न जाजरकोट प्रस्थान गरेको छ । नेकपा एकीकृत समाजवादी निकट नेपाल रिटर्नी एशोसिएशनले जाजरकोट र रुकुम पश्चिम लगायत क्षेत्रका भूकम्प पीडितका लागि ३ सय थान डब्बल बेड फाइबर सिरक वितरणका लागि काठमाडौंबाट बिहीबार प्रस्थान गरेको  एसोसिएसनका अध्यक्ष प्रविण पौडेलले जानकारी दिए  ।

एसोसिएसनका अध्यक्ष पौडेलले  भूकम्पपीडितका लागि  जसले जहाँबाट जे जति सहयोग गर्न सकिन्छ  सहयोग गर्न अपिल समेत गरेका छन् ।
 

अध्यक्ष  पौडेलका साथमा सचिव प्रकास मोहरा साथै बम बहादुर वि.सी .को टोली प्रस्थान गरेको छ ।

Advertisement

एसोसीएसनले यस अघि भूकम्प प्रभावितहरूलाई सहयोग गर्ने उद्देश्यले नेकपा एकीकृत समाजवादी पार्टीको राहत तथा उद्धार कोषमा ५० हजार रकम समेत जम्मा  गरिसकेको अध्यक्ष पौड्यालले बताए  ।