April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

झापामा भैँसीसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

२०८० कार्तिक ३०

1K

विराटनगर । झापामा भैँसीसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएको हो।

प्रहरीका अनुसार उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायो मगरको मृत्यु भएको हो ।

तीव्रगतिको मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनामा मोटरसाइकलमा सवार सुनसरीको इटहरी–४ का ३० वर्षीय अभिषेक चौधरी घाइते भएका छन्। उनको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।