November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

सङ्घबाट आएको टुक्रे योजनाका बजेट दुरुपयोग हुन्छ: मुख्यमन्त्री कार्की

२०८० कार्तिक २६

1.2K

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले सरकारले ठूला विकासका आयोजनामा मात्र ध्यान दिने बताए । शनिबार मोरङको पथरी शनिश्चरे–४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवनको शिलान्यास गर्दै उनले कोशी प्रदेशले २५ लाख रूपैयाँभन्दा कमका विकास आयोजना नल्याउने बताएका हुन् ।

कम बजेटका आयोजना स्थानीय सरकार र ठूला आयोजना प्रदेश सरकारबाट सञ्चालन हुँदा छिटो आर्थिक समृद्धि हुने तर सङ्घबाट आएको टुक्रे योजनाका बजेट दुरुपयोग हुने मुख्यमन्त्री कार्कीले बताए ।

उनले समाजका लागि निःस्वार्थ उपलब्धिमूलक काम गरी परिणाम देखाउने काम गर्न आग्रहसमेत गरेका छन्। प्रदेश सरकार भौतिक विकाससँगसँगै मानवीय विकासको लक्ष्यमा लागेको जनाउँदै यस कार्यमा साथ दिन जनतासँग आग्रह गरेका छन्।

Advertisement