राज कुमार लिम्बू
पाटी । केराबारी गाउँपालिका वडा नं. १, कुमाल पाटी मोरङमा महागुरु फाल्गुनन्द लिङ्देनको १३९ औँ जन्म जयन्ती मनाउने तयारी भएको छ । यहाँस्थीत किरातेस्वर हाङ्साम फाल्गुनन्द माङ्हिम केराबारी १, कुमाल पाटी मोरङमा भव्यताका साथ मनाउन लागिएको हो ।
कार्यक्रममा नेपाल सरकारका युवा तथा खेल्कुद मन्त्री माननीय डिगबहादुर चेम्जोङ लिम्बूको उपस्थिति रहने आयोजकले जनाएको छ ।
प्रत्येक वर्षको कार्तिक २५ गते किरात धर्मावलम्बीहरूले महागुरु फाल्गुनन्द लिङ्देनुको जन्म जयन्ती मनाउँदै आईरहेका छन् ।
न्वरानको नाम फलामसिङ रहेका फाल्गुनन्द लिङ्देन नेपालको पूर्वी इलाम जिल्लास्थीत इभाङ ५, चुक्चीनाम्बा गाउँमा बुवा जगुनवाज लिङ्देन र आमा हंसमति वेघा लिम्बूको कोखबाट वि. स. १९४२ साल कार्तिक २५ गते आइतबार राती साईला छोराको रूपमा जन्मिएका हुन् ।
माङ्हिम समितिका सचिव शुक्र आङ्देम्बेका अनुसार समारोहमा १०८ दिप प्रजलनका साथै विभिद झाँकी प्रदर्शन हुनेछ ।