April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेपाली राजदूतावास कतारमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

२०८० कार्तिक १८

1.6K

दोहा । नेपाली राजदूतावास कतारमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपालीहरुको राष्ट्रिय चाडपर्वहरु वडादशै,शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा नेपाली राजदूतावास दोहा कतार र नेपाली रक्तदाता संघ, कतारको संयुक्त आयोजनामा बृहत् रक्तदान कार्यक्रम
सम्पन्न भएको हो।

बिहान ८ बजे देखि सुरु भैई दिउँसो १ बजे सम्म चलेको कार्यक्रम नेपाली राजदूतावास कतारका महामहिम राजदुत डाक्टर नरेश बिक्रम ढकालले रक्तदान गर्दै शुभारम्भ गरिएको थियो ।

रक्तदान गर्न इच्छुक १०० रक्तदाता मध्ये प्राविधिक रुपमा योग्य ठहरिएका ८० जनाले रक्तदान गरेको कार्यक्रममा नेपाली रक्तदाता संघ कतारमा अध्यक्ष रामजी खत्रीले अन्तिम रक्तदान गरेका थिए ।

Advertisement

रक्तदान जस्तो पुण्य कार्यमा सहभागी भएर कार्यक्रमलाई सभ्य र भव्य बनाइदिने सम्पूर्णलाई महामहिम ढकालले धन्यवाद ज्ञापन गरेका थिए।

कतारमा स्थापित विभिन्न सामाजिक तथा बैचारिक सस्थाहरु, जिल्ला संस्थाहरु विभिन्न जातिय संस्थाहरु बुद्धिजिवी, समाजसेवी, पत्रकार तथा कतारमा रहेका दाजुभाई तथा दिदिबहिनी गरि १ सय ५७ जनाको उपस्तिथि रहेको कार्यक्रममा रक्तदाताहरुलाई सम्मान-पत्र प्रदान पनि प्रदान गरिएको थियो।