November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

इटहरीको तराहरामा प्रथम अल्टिट्युड रनिङ कपको उद्घाटन

२०८० कार्तिक १७

1.6K

सुनसरी । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले अल्टिट्युड क्लबद्वारा आयोजित प्रथम अल्टिट्युड रनिङ कप (फुटबल प्रतियोगिता)को उद्घाटन गरेका छन् ।

इटहरी १९, तराहरा सुनसरीस्थीत बरमपुर खेल मैदानमा हुने खेलमा स्वदेश र विदेशका खेलाडी सहभागिता हुनेछ ।

प्रतियोगिताको उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख खापुङले “समाजको उचाई युवालाई शिर्षकको नारा नै उत्साहित बनाउने खालको रहेको छ । धेरै कुरा यस शब्दले समेटेको छ । साथै विभिन्न खेलमध्ये फुटबल खेल नै विश्वप्रसिद्ध रहेको छ, संसारले महत्व दिएको छ । यस खेलमार्फत स्थानीय पर्यटनलाई राहत पुग्ने विश्वास लिएको छु” भनेका थिए ।

Advertisement

कार्यक्रममा इटहरी १९ का वडा अध्यक्ष श्रीनारायण चौधरी, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राई र अल्टिट्युड क्लवका अध्यक्ष पिताम्बर तिम्सिनाले पनि मन्तव्य दिएका थिए ।

खेलको समापन कात्तिक २५ गते हुनेछ ।