चितवन । चितवनको राप्ती नगरपालिका–५ भण्डारा बजारमा सिँचाइ विभाग र हुलाकको नाममा रहेको घरटहरा हटाइने भएका छन् । उक्त जग्गामा २०५० सालदेखि सरकारी जग्गामा निर्माण गरिएका घरटहरा निर्माण गरिएका थिए ।
राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार त्यहाँ बसोबास गर्दैआएकालाई घरटहरा हटाउन तीन महिनाको समय दिइएको थियो । सो म्याद आज सकिँदैछ ।
विकल्प दिन थारु कल्याणकारिणी सभाको अनुरोध
सो ठाउँमा अधिकांश थारु समुदायको बसोबास रहेको छ । थारु कल्याणकारिणी सभा (थाकस) चितवनले थारु समुदायको घर नभत्काउन आग्रह गरेको छ । सभाले विज्ञप्ति जारी गरी बिना विकल्प घर भत्काउन अगुवाइ नगर्न नगरपालिका र दलहरुलाई आग्रह गरेको छ ।
थाकस चितवनका सभापति ललित चौधरी र सचिव सन्तुकमार चौधरीले विज्ञप्ति जारी गर्दै विकल्प खोजेर मात्र जग्गा खाली गराउन आग्रह गरेको छ ।