November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

अवैध कपडा बरामद

२०८० कार्तिक १४

1.7K

विराटनगर । मोरङको विराटनगर-१६ स्थितबाट अवैध भन्सार छलीका रेडिमेड कपडाहरु प्रहरीले बरामद गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व विशेष सुरक्षा योजना अनुसार हिजो राती कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, प्रादेशिक अनुसन्धान समूहबाट परिचालन भएको प्रहरी टोलीले बिराटनगर १६ स्थितबाट भन्सार छली गरी नेपाल तर्फ भित्र्याउदै गरेको लेडिज टप्स ८४ थान र लेगिज ८८ थान बरामद गरेको हो ।

बरामद भएका करिव १ लाख २८ हजार मुल्य बरावरको रेडिमेड कपडाहरु आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।

Advertisement